जनमैत्री क्याम्पसको आयोजनामा मिति २०८३ साल जेठ ८ गते ‘अबको उच्च शिक्षा’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. चन्द्रमणि पौडेल तथा विशिष्ट वक्ता प्रा. डा. विनिल अर्यालले वर्तमान उच्च शिक्षाको अवस्था, गुणस्तरीय शिक्षाको आवश्यकता, अनुसन्धान, नवप्रवर्तन, प्रविधिमैत्री शिक्षण तथा भविष्यका अवसर र चुनौतीका विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभयो । कार्यक्रममा विभिन्न क्याम्पसका शिक्षक, प्राध्यापक, अनुसन्धानकर्ता तथा शैक्षिक सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रस्तुतिपछि सहभागीहरूबीच उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, नीतिगत सुधार तथा समयानुकूल शैक्षिक रूपान्तरणका विषयमा सार्थक अन्तरक्रिया भएको थियो।