स्नातकोत्तर तह प्रथम बर्षको आंशिक र मौका समेतको परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने सूचना

स्नातकोत्तर तह प्रथम बर्षको आंशिक र मौका समेतको परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालको  स्नातकोत्तर तह प्रथम बर्षको आंशिक र मौका समेतको  परीक्षा दिने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायका परीक्षार्थीहरू तथा प्राइभेट तर्फका आंशिक परीक्षा दिने परीक्षार्थीहरूको हकमा २०६२ सालमा प्रथम वर्षमा क्याम्पसमा भर्ना भई २०६३ सालमा पहिलो पटक प्रथम वर्षको परीक्षा दिइ ६ वर्ष नाघी उत्तीर्ण हुन नसकेका र प्राइभेटको हकमा २०६३ सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिइ ६ वर्ष नाघेर उत्तीर्ण हुन नसकेको मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका मौका परीक्षा दिने स्नातकोत्तर तह प्रथम वर्षका परीक्षार्थीहरूलाई २०७६ सालको परीक्षामा अन्तिम पटकका लागि मौका परीक्षामा सम्मिलित हुने त्रि. वि. प्राज्ञिक परिषद्को निर्णय अनुसार त्यस्ता क्याम्पसका परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालयमा र आफूलाई पायक पर्ने क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७६ साल पौष १३ गते देखि मिति २०७६ साल माघ १४ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र २०७६ साल माघ २१ गते सम्म परीक्षा आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१) परीक्षा फारम सम्बन्धमाः

क) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरी सबै प्रक्रिया पु¥याई आफैंले सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । 

ख) परीक्षार्थीहरूले त्रि. वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारममा अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।

ग) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।

घ) परीक्षा संचालन अवधि सम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ । 

ङ) मौका परीक्षाको लागि नियमित परीक्षा दिएको पहिलो पटकको सक्कल लब्धाङ्क पत्रको फोटोकपी परीक्षा आवेदन फारम साथै पेस गर्नु पर्नेछ ।