वक्तृत्वकला प्रतियोगिता सम्बन्धि सूचना

वक्तृत्वकला प्रतियोगिता सम्बन्धि सूचना

आगामी मिति २०७७ फागुन ४ गते विद्याकी देवी सरस्वतीको पूजाको पावन अवसरमा यस जनमैत्री बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू सहभागी हुने गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएकोले उक्त प्रतियोगितामा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई सूचित गरिन्छ ।

  • प्रतियोगिता हुने समयः विहान ठीक ८ बजे
  • प्रतियोगिले २०७७ फागुन ३ गतेभित्र नाम दर्ता गराइसक्नु पर्ने
  • वक्तृत्व कुनै व्यक्ति, जाती, सम्प्रदाय, राष्ट्रियता र मानवीय भावनामा चोट पुग्ने खालका तर्क प्रस्तुत गर्नु हुँदैन ।
  • वक्तृत्व कम्तिमा ३ मिनेटदेखि बढीमा ५ मिनेटसम्मको हुनुपर्ने छ ।
  • प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई पुरस्कृत गरिनेछ ।

वक्तृत्वकलाको शीर्षकः कोरोना भाइरस र शिक्षामा यसको प्रभाव

आयोजक

अतिरिक्त क्रियाकलाप समिति

जनमैत्री बहुमुखी क्याम्पस