दशै तिहार विदा सम्बन्धी सूचना

दशै तिहार विदा सम्बन्धी सूचना

नेपालीहरूको महान् चाड बिजयादशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठको पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक, शुभचिन्तक, अध्यापक, कर्मचारी समस्त नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति २०७८ आश्विन २२ गतेदेखि २०७८ कार्तिक २१ गतेसम्म सम्पूर्ण पठनपाठनका कक्षाहरु बन्द रहने भए पनि प्रशासन असोज २५ गतेसम्म र कार्तिक ४ गतेदेखि १७ गतेसम्म खुला रहने सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।
क्याम्पस प्रशासन