
छात्रवृत्ति सम्बन्धी सूचना
यस जनमैत्री बहुमुखी क्याम्पस स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले छात्रवृत्तिका लागि यहि मिति २०७६/११/१३ गते भित्र छात्रवृत्ति फाराम भरी बुझाउन सूचित गरिन्छ ।
छात्रवृत्ति शीर्षकहरू
- गरिव जेहेन्दार
- दलित/जनजाति/आदिवासी/पिछडिएको क्षेत्र/अल्पसङ्ख्यक
- प्राकृतिक प्रकोप
- शारीरिक अशक्तता
- जेहेन्दार छात्र/छात्रा
- असाह्य
- तेस्रो वर्षको वार्षिक परीक्षामा ६० प्रतिशत भन्दा माथि
आवश्यक कागजातहरू
क. सम्बन्धित बुँदालाई प्रमाणित हुने प्रमाण पत्रहरू
ख. प्रथम र द्वितीय त्रैमासिक परीक्षा उत्तीर्ण लब्धाङ्क पत्र
नोटः छात्रवृत्ति फाराम छनौट भएका विद्यार्थीहरुको अन्तर्वार्ता मिति २०७६/११/१५ गते बिहान १० बजेदेखि हुनेछ ।