
जाडो विदा तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी सूचना
मिति २०७६ पौष २५ देखि माघ १० गतेसम्म जाडो विदा गरिएको सूचना साथै नियिमत वार्षिक खेलकुद सप्ताह मिति ७६ पुष २७ देखि पुस २९ गतेसम्म निम्न प्रतियोगिताहरु सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
सञ्चालन हुने प्रतियोगिताहरु
क्रस | खेल | प्रतियोगी |
1. | भलिबल | छात्र तथा छात्रा |
2. | फुटबल | छात्र तथा छात्रा |
3. | टेवलटेनिस | छात्र तथा छात्रा |
4. | लङजम्प | छात्र तथा छात्रा |
5. | हाइजम्प | छात्र तथा छात्रा |
6. | दौड 100 मि. | छात्र तथा छात्रा |
7. | दौड 200 मि. | छात्र तथा छात्रा |
8. | व्याडमिन्टन | छात्र तथा छात्रा |
प्रतियोगतासम्बन्धी नियमहरू निम्नानुसार छ्नः
1. प्रतियोगितामा भाग लिन चाहने विद्यार्थीहरुले 207६ पुस २५ गतेसम्ममा नाम दर्ता गराइसक्नु पर्नेछ।
2. प्रतियोगिहरुले आ-आफ्नो नाम क्वालिटि सर्कलको संयोजक (कक्षा शिक्षक) मार्फत् प्रशासन शाखामा बुझाउनु पर्नेछ।
३. प्रतियोगीहरुले आफ्नो नाम कक्षा (तह) र सेक्सन खुलाइ कार्यक्रमअनुसार छुट्टाछुट्टै पृष्ठमा नामावली उपलब्ध गराउनु पर्नेछ।
4. दुई वा दुईभन्दा बढी प्रतियोगितामा नाम दर्ता गराएका विद्यार्थीहरुले कार्यक्रम सञ्चालन समय एउटै पर्न गएमा कुनै एक मात्र प्रतियोगिता छान्नु पर्नेछ।
5. भलिबल टिममा ६ देखि ९ जनासम्म हुनुपर्ने छ।
६. फुटवल टिममा ६ देखि ९ जनासम्म हुनुपर्ने छ।
७. प्रतियोगिता समय भित्र नआएका प्रतियोगिहरुलाई पुनः प्रतियोगितामा सहभागी गराइने छैन।
8. प्रतियोगिहरुलाई कार्यक्रममा सहभागी हुन क्याम्पसको परिचयपत्र वा भर्ना भएको रसिद अनिवार्य छ।
9. भलिबल र फुटबलको टिम निम्नानुसार हुनु पर्नेछः
क. कक्षा ११ बाट ३ टिम
ख. कक्षा १२ बाट 3 टिम
ग. स्नातक तह व्यवस्थापन प्रथम वर्षबाट ३ टिम
घ. स्नातक तह व्यवस्थापन दोस्रो वर्षबाट 2 टिम
ङ. स्नातक तह व्यवस्थापन तेस्रो वर्षबाट 2 टिम
च. स्नातक तह व्यवस्थापन चौथो वर्षबाट 2 टिम
छ. स्नातक तह मानविकी प्रथम वर्षबाट १ टिम
ज. स्नातक तह मानविकी दोस्रो वर्षबाट १ टिम
झ. स्नातक तह मानविकी तेस्रो वर्षबाट १ टिम
ञ. स्नातक तह शिक्षाशास्त्र प्रथम वर्षबाट १ टिम
ट. स्नातक तह शिक्षाशास्त्र दोस्रो वर्षबाट १ टिम
ठ. स्नातक तह शिक्षाशास्त्र तेस्रो वर्षबाट १ टिम
ड. स्नातक तह शिक्षाशास्त्र चौथो वर्षबाट १ टिम
ढ. स्नातकोत्तर तह व्यवस्थापन प्रथम सेमेष्टरबाट १ टिम
ण. स्नातकोत्तर तह व्यवस्थापन दोस्रो र चौथो सेमेष्टरबाट २ टिम
त. विविएम प्रथम सेमेष्टरबाट १ टिम
थ. विसिए प्रथम र तृतीय सेमेष्टरबाट १ टिम
द. विआइसिटिबाट १ टिम
10. प्रतियोगिताको विस्तृत विवरण कार्यक्रम संयोजक मार्फत् पछि प्रकाशित गरिनेछ।
नोटः विद्यार्थी परिषद्, कार्यक्रम संयोजक र खेलाडीहरुको समझदारीमा केही टिम थपघट गर्न सकिनेछ।
……………………………
विष्णु जि.सी.
संयोजक
(विद्यार्थी कल्याण तथा अतिरिक्त क्रियाकलाप समिति)