+977-01-4277202/4286283

जति धेरै मित्र, उत्ति धेरै खुसी

हामीले मित्रताको थुप्रै आदर्श कथा सुनिसकेका छौं । त्यसैले त जब जब मित्रताको कुरा आउँछ, तब ‘सुदमा र कृष्णजी’को प्रसंग जोडिन्छ ।

मित्रतामा कुनै स्वार्थ हुनुहुँदैन । मित्रता यस्तो वन्धन हो, जसले आपसमा सुखदुःख साझेदार गर्न सक्छन् । सुखमा रमाउने र दुखमा साथ दिने मित्रता नै दिगो र भरपर्दो हुन्छ । हुन त अहिलेको समाजमा गहिरो मित्रता टुट्दैछ । किनभने यसलाई भर्चुअल मित्रताले विस्तावित गरिरहेको छ । फेसबुक वा अन्य सामाजिक सञ्जालबाट साथी बनाउने ट्रेन्ड छ । यस्ता साथीले सामाजिक सञ्जालमा रमाइलो गर्न त साथ दिन्छन्, तर सुख-दुखमा भौतिक उपस्थिती जनाउँदैनन् ।

copied: onlinekhabar.com

Comments
Leave a comment