| Room No. | Symbol No. | Subject Name | Subject Code | Campus Name | Exam Date (In B.S.) | 
                                
                                
                                
                            
                         
                        
                        
                     
                      
                            परीक्षार्थीहरुले ध्यान दिनुपर्ने कुराहरु
                            
                                - १.  परीक्षा केन्द्रले बनाएको सीट प्लान अनुसार नै परीक्षार्थीले तोकिएको सीटमा रही परीक्षामा सम्मिलित हुनुपर्नेछ।
- २.  आधा घण्टाभन्दा बढी ढिलो गरी आउने परीक्षार्थीलाई परीक्षा भवनमा प्रवेश गर्न दिईनेछैन।
- ३.  परीक्षार्थीले परीक्षाहलमा मोबाइल फोन ल्याउन पाइने छैन।
- ४.  परीक्षार्थीले केन्द्राध्यक्षको अनुमतिविना आफ्नो सिट र परीक्षा भवन परीक्षा प्रारम्भ भएको एक घण्टाभन्दा अगाडि छाड्न पाउनेछैन।
- ५.  परीक्षार्थीले परीक्षा दिएको दिनमा हाजिर अनिवार्यरुपले गर्नु पर्नेछ।
- ६.  परीक्षार्थीले परीक्षा भवनमा कुनै किसिमको पुस्तक, नोट, चिट इत्यादी लानु हुँदैन। निषेध गरिएको वस्तु वा अनुचित व्यवहार पाइएमा निष्कासन गरिन सकिनेछ।
- ७.  परीक्षा दिंदा परीक्षार्थीहरुले आपसमा कुराकानी गर्नुहुँदैन र प्रश्नपत्र तथा ब्लटिङ्ग पेपरमा केही लेख्नुहुँदैन।
- ८.  एउटा परीक्षार्थीले अर्को परीक्षार्थीको उत्तरपुस्तिका नक्कल गरेमा त्यस्तो परीक्षार्थी निष्कासित हुन सक्नेछ।
- ९.  परीक्षार्थीले उत्तरपुस्तिका बुझाइसकेपछि फेरि परीक्षा भवनमा पस्न अनुमति दिइनेछैन।
- १o. परीक्षार्थीले परीक्षा भवन छाड्नुअघि उत्तरपुस्तिका सम्बन्धित निरीक्षकलाई बुझाउनु पर्नेछ।