अनलाइन कविता प्रतियोगिताः २०७७

अनलाइन कविता प्रतियोगिताः २०७७

January 20th 2021 admin@janamaitri

मिति २०७७ साल पुस २६ गते  कुलेश्वर काठमाडौँमा अवस्थित जनमैत्री बहुमुखी क्याम्पसको नेपाली तथा आमसञ्चार विभागले अनलाइन कविता प्रतियोगिता २०७७ आयोजना गरेको थियो । साँझ ४ बजेदेखि ७.०० बजेसम्म जुम प्रविधि मार्फत सञ्चालित उक्त कविता प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूले भाग लिएका थिए । प्रतियेगितामा अङ्ग्रेजी र नेपाली दुवै भाषामा कविता वाचन गर्न पाइने व्यवस्था थियो, जसमा नेपाली भाषामा २३ जना तथा अङ्ग्रेजी भाषामा ९ जना कविहरूले प्रतिस्पर्धा गरेका थिए । उक्त कार्यक्रमको अध्यक्षता जनमैत्री बहुमुखी क्याम्पस नेपाली तथा आमसञ्चार विभागका विभागीय प्रमुख डा. मीरा प्रधानले गर्नुभएको थियो भने कार्यक्रम आयोजनाको संयोजन र सञ्चालनको जिम्मेवारी नेपाली विषयका उप-प्राध्यापक श्री नरेन्द्र कोइरालाले निर्वाह गर्नुभएको थियो । नेपाली भाषाका कविताहरूको निर्णायक मण्डलमा नेपाली विषयका शिक्षकहरु यादव प्रसाद भण्डारी, शेषकान्त पाण्डेय र योगा माया गिरी रहनुभएको थियो भने अङ्ग्रेजी विषयका कविताहरूको निर्णायक मण्डलमा नेत्र ज्ञवाली, जनार्दन शर्मा र टिकाराम खनाल रहनुभएको थियो । कार्यक्रमको सुरूमा अङ्ग्रेजी विभागका विभागीय प्रमुख टीकादत्त सुवेदीले सम्पूर्ण प्रतियोगीहरूका लागि स्वागत मन्तव्य दिनुभएको थियो । त्यसैगरी कार्यक्रममा क्याम्पस प्रमुख श्री भोलानाथ ओझा, संस्थापक प्राध्यापक श्री रूद्रहरि ज्ञवाली लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा  क्याम्पसका शिक्षकहरूले समेत आ-आफ्ना कविता वाचन गर्नुभएको थियो । कार्यक्रमका अध्यक्षबाट धन्यवाद सहित उक्त कार्यक्रमको समापन भएको थियो । कविता प्रतियोगितामा विजयी कविहरूको नामावली यस प्रकार रहेको छ-

नेपाली भाषामा लिखित कविताको नतिजा

१. भावना पाण्डे             ११ (कानुन)                          प्रथम

२. कुर्मराज आचार्य       बी. ए. प्रथम वर्ष                         द्वितीय

३. रामकुमार श्रेष्ठ         बी. एस. डब्लु प्रथम सेमेस्टर             तृतीय

४. प्रज्ञा देवकोटा                 ११ (व्यवस्थापन)        सान्त्वना

५. अविरल डिसी                 एम. बी. एस. प्रथम वर्ष                 सान्त्वना

अङ्ग्रेजी भाषामा लिखित कविताको नतिजा

१. शीतल जिसी             बी. ए. तेस्रो           वर्ष           प्रथम

२. अरूणा अर्याल        एम. एड. प्रथम सेमेस्टर                      द्वितीय

३. लक्ष्मी खड्का          बी. एड. तेस्रो         वर्ष               तृतीय

४. रवीन्द्र कुमार महतो          बी. एड. तेस्रो वर्ष                       सान्त्वना

५. कुर्मराज आचार्य       बी. ए. प्रथम    वर्ष           सान्त्वना